२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैमा अनुसन्धान गर्नुपर्छ: स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धि बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताए।

अपराध करार गर्ने भन्दा पनि ती पात्रहरुलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अब नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकि रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए।

उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे। सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दुतावासको चासो रहनु स्वभाविकै हुने पनि बताए। सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तराष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रुपमा लिनुपर्ने बताए।  

सांसद वाग्लेले भने, ‘अब युएनसिएचआरको संलग्नता हुन्छ नै संयुक्त राष्ट्र संघको मातहत भएको हुनाले पनि। अमेरिकामा १ लाख १० हजार भुटानी शरणार्थी भएको हुनाले त्यहाँ पुनर्वासका लागि जानु भएको हुनाले त्यहाँको विदेशमन्त्री, यहाँको स्थानीय राजदुतको चासो चाँही रहला नै। अहिलेलाई मेरो बुझाईमा चाँही विशुद्ध नेपाल प्रहरीको ६० दिने अनुसन्धानको क्रममा छ। अब त्यो अनुसन्धान ¥यापअप हुन अव ७÷८ दिन बाँकि छ। अहिलेको हामी सबैले ध्यान दिनुपर्ने विषय चाँही यो नाम आएकाहरु, पोलिएकाहरुलाई कम्तिमा सोधखोजका लागि चाँही ल्याउनु प¥यो। अहिलेनै अपराधी करार गर्ने होइन। तर नाम आईसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरु लिएर आउनु पर्छ। र, हाम्रो बल पनि त्यतैतिर हुनुपर्छ भन्ने लाग्छ।’

प्रकाशित: ३१ वैशाख २०८० १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App