१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तराईमा कृषि क्रान्ति गर्न माग

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कृषि क्षेत्रमा लगानी गरेर खाद्य सुरक्षाको सम्भावनाबाट जोगिन तराईमा कृषि क्रान्ति गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा मंगलबार बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा बोल्दै यादवले कृषिमा व्यापक लगानी वृद्धि गर्नुपर्ने बताएका हुन्। कृषिमा लगानी बढाएर उत्पादन बढाउनु नै आजको आवश्यकता रहेको बताउँदै उनले कार्यक्रमको तर्जुमा र प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरेर अघि बढ्नुपर्ने बताए।

यसका लागि पश्चिमा तराईका जिल्लालाई महाकाली र पूर्वी तराईका जिल्लामा कोसी मार्फत सिँचाइ उपलब्ध गराउनु पर्दछ। त्यसक्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको ओसारप्रसार गर्न रेल तथा सडक यातायातको गुणस्तर बढाउनुपर्ने यादवले बताए।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कृषि क्षेत्रमा लगानी गरेर खाद्य सुरक्षाको सम्भावनाबाट जोगिन तराईमा कृषि क्रान्ति गर्नुपर्ने बताएका छन्।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले बजेटमा ठूलठूला सडक, विमानस्थल र आयोजनाहरूमा मात्रै मोटो बजेट विनियोजन हुन लागेको भन्दै मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सुझाव दिए। ‘सरकारले ‘राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव हुने छैन,’ भनेर उल्लेख गरेको छ। तर रोग, भोक मेटाउने कुरामा, सामाजिक सुरक्षामा, शिक्षामा, स्वास्थ्यमा भने त्यसरी बजेटको अभाव हुनेछैन भनेर उल्लेख गरेको छैन,’ उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना भनेका चार लेनका सडक, विमानस्थल, जलविद्युत आयोजनाहरू होलान्। ती पनि बनाउनुपर्छ। तर, ती आयोजना बनेपछि प्रयोग गर्ने मान्छेले हो। मान्छे नै नरहे ती राष्ट्रिय गौरवका आयोजना बन्नुको अर्थ नरहेको उनको भनाइ छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठिक ठाउँमा नआउने बताएका छन्। सांसद लिङ्देनले सबैभन्दा अनुत्पादक क्षेत्र संघीयता भएको बताए। अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म यति ठूलो संख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठीक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो’ उनले भने। अध्यक्ष लिङ्देनले विगतमा असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई ठीक भएन भन्ने लागेको पनि बताए।

‘त्यसकारण हामीले आँट गरौं। हिजो हामीले सुविचारका साथ यो ल्यायौं होला तर यो ठीक भएन भन्ने सबैको मनमा छ,’ लिङ्देनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठिक ठाउँमा नआउने बताएका छन्।

एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन्। उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए। वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको उनले बताए। अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको ‘फिल्म सुपर फ्लप’ हुने निश्चितप्रायः रहेको उनले बताए। सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गरे।

एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन्। उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए।

आम जनता पार्टीका नेता तथा सांसद प्रभु साहले देशको आर्थिक समस्या पहिचान गरेर समाधान नगरेसम्म विकास र समृद्धि सम्भव नभएको बताए। आर्थिक विकास नभएमा आम युवाहरू उदाशीन बनेको र विदेश पलायन हुने क्रम रोक्न नसकिने उनले बताए।

नेपाली जनताले देशमा भविष्य देख्न छाडेका छन्। मजदुरहरू, युवाहरू विदेश पलायन भइरहेका छन्। पढेलेखेका युवाहरू लाखौं रकम तिरेर विदेशको नागरिक बन्न चाहन्छन्। किन यस्तो अवस्था आयो? युवालाई यो देश मेरो हो भन्ने महसुस किन भइरहेको छैन भन्दै आर्थिक नीतिमा व्यापक सुधारको आवश्यकता रहेको उनले बताए।

प्रकाशित: २७ वैशाख २०८० ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App