१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितः सांसद भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन्।

मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो बताएका हुन्।

वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको उनको दाबी थियो। उनले वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको बताए। उनले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको उल्लेख गरे।

उनले भने, ‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन्। कर्मचारीतन्त्र चलैकै छैनन्। कर्मचारीले विश्वास गरेका छैनन्। विदेशीले विश्वास गरेका छैन। नेपाली लगानीकर्ताले विश्वास गरेका छैन। अब यो जोडी कायम राख्ने की जोडी बदल्ने की छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ। यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चित छ। किनभने अब यसले कुनै गाढा तान्नसक्ने अवस्था देखिँदैन। किनभने चौतर्फी अविश्वास नै अविश्वासको अवस्था सिर्जना भएको छ। हिजो एकजना मान्य सदस्यले भन्नुभयो, अब झारफुकले हुँदैन, सर्जरी नै गर्नुपर्छ। सर्जरी त गर्ने हो, तर उपकरण ठिक छैन, डाक्टर ठिक छैनन्। डाक्टर बदल्ने की उपकरण बदल्ने की, त्यही काम नलाग्ने उपकरण र काम नलाग्ने डाक्टरलाई  सर्जरी गर्न लगाउने? यो वहस हो। यही उपकरण र डाक्टरले बिरामीको सर्जरी गर्न सक्दैन, बिरामीको मृत्यु हुनु अनिवार्य छ। बिरामी बचाउने हो भने माथिल्लो तहबाट वहस हुुनपर्छ।’

सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गरे।

प्रकाशित: २६ वैशाख २०८० १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App