२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तोसिमाको प्रश्न: सदन देश निर्माणबारे छलफल गर्ने ठाउँ हो कि भ्रष्टाचारी जोगाउने प्रहशन स्थल

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सो प्रकरणमा देशका ठूलठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गरेकी छिन्।

उनले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाईटमा तत्काल सार्वजनिक गरि उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिन माग गरिन्।

सांसद कार्कीले भनिन्, ‘प्रश्न छ–यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहशन स्थल हो? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आईरहेको छ। प्रहरीद्धारा पक्राउ पूर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ। एकले अर्कालाई जोगाईरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने? अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई नै, राज्यलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने? सबै सांसदहरुको सम्पत्ति वेबसाईटमार्फत सार्वजनिक गरियोस्। करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस्।’

सांसद कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहशन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाइन ।  

प्रकाशित: २६ वैशाख २०८० ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App