२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

'कुराकानी गर्नुपर्ने भयाे' भन्दै प्रधानमन्त्रीले बाेलाएपछि बालुवाटार पुगे देउवा र ओली

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। प्रधानमन्त्री दाहालको आह्वानमा शिर्ष नेताहरुबीच भेटघाट भएको हो। 

'प्रधानमन्त्रीले बोलाउनु भयो। मुख्य तीन दलका नेताहरु बसेर कुराकनी गर्नुपर्ने भयो भनेर बोलाउनु भयो। अध्यक्ष कमरेड जानु भएको छ। विषय बस्तुबारे जानकारी छैन।' ओलीको स्वकिय सचिवालय सदस्य रामशरण बजगाईले नागरिकन्यूजलाई भने।  

नेतात्रयबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन। नक्कली शरणार्थी प्रकरणमा राजनितिक दल र तिनका शिर्षस्थ नेताहरुकै नाम मुछिन थालेपछि राजनितिक वृतमा तरंग पैदा भएको छ। यसैबीच भएको शिर्षदलका नेतात्रयको आकस्मिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रकाशित: २६ वैशाख २०८० ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App