२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

आरोपित जुनसुकै पार्टीको भएपनि दोषि देखिएमा कारबाही हुनुपर्छ: सांसद कोईराला

फाइल तस्बिर।

नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले आरोपित जुनसुकै पार्टीको भएपनि दोषि देखिएमा कारबाही हुनुपर्ने बताएका छन्।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार ढलेपनि दोषिलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए।

उनले भने ‘उनीहरु माथि कारबाही हुनुपर्‍यो, साबित भएको खण्डमा जो सुकै होस्। कुनै पार्टीको होस्, काँग्रेस, माओवादी, एमाले जो पार्टीका पनि दोषि छन् भने त कारबाही हुनुपर्‍यो। स्पष्ट छ। कानूनी दायराभित्रै बसेर हामी काम गर्न चाहन्छौँ। गल्ती गरेका छन् भने कारबाही गर्नैपर्‍यो। सरकार ढले ढलोस् तर कानूनी दायराभित्र बस्नुपर्‍यो।’

प्रकाशित: २४ वैशाख २०८० १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App