१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

शनिबार अपराह्न काठमाडौँको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी लगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग गर्दै सरकारलाई दबाब दिन प्रदर्शन गरेका हुन। 

उनीहरूले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।

‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’,‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ। 

यता, सरकारले पनि सो प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। तर पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव समेत रहेका पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन्। 

उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रर्दशनकारीहरुले सचेत गराएका छन्। 

प्रकाशित: २३ वैशाख २०८० १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App