१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्छः झलनाथ खनाल

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताएका छन्।

आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाउन माईतीघर पुगेका उनले यस्तो बताएका हुन्।

उनले महावीर पुनका मागहरु गठबन्धनको बैठकमा एजेण्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने बताए। देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले आफू अहिले भुँइमान्छे रहेको भन्दै आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यवद्धता जनाएको बताए।  

महावीर पुनका मागहरु प्रधानमन्त्री एक्लैले समाधान गर्न सक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिन उनले आग्रह गरे। उनले देशमा वैज्ञानिक आविष्कारका कुरा र नवप्रवर्तनका कुरालाई अघि बढाउनुपर्ने आवश्यक्ता रहेको बताए। आगामी आर्थिक वर्षको बजेटमा आविष्कारको क्षेत्रमा सरकारले सक्नेजति बजेट छुट्याएर अघि बढ्न आवश्यक रहेको उनले बताए।

उनले भने, ‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेण्डा अघि सारेर एउटा टुंगोमा पुग्नुपर्ने हो। हाम्रो देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो। तर अहिले त म पनि भुँइमान्छे हो, उहाँजस्तै संसदमा पनि छैन, सरकारमा पनि छैन। पार्टी मात्रै सरकारमा छ। पार्टीका नेताहरु बसेर एक आपसमा छलफल गर्र्नुपर्ने आवश्यक्ता म देख्छु। कुनैपनि प्रधानमन्त्रीले यस्ता समस्या एक्लै हल गर्नसक्छ। अब हामीले यो देशमा वैज्ञानिक आविष्कारका कुरालाई नवप्रवर्तनका कुरालाई अघि बढाउँछाँै भनेर उहाँले सार्वजनिक रुपमा प्रतिवद्धता जनाएर अघि बढ्न जरुरी छ। गठबन्धनलाई म भन्न चाहन्छु यो सबैको प्रक्रिया हो। यस वर्षको बजेटमा यसलाई स्वीकार गरेर कति सकिन्छ त्यही अनुसार अघि बढ्नुपर्छ। देशका अरु धेरै युवा वैज्ञानिक हुनुहुन्छ, उहाँहरुलाई काम गर्नसक्ने वातावरण बनाउनुपर्छ, अहिले हाम्रा देशका युवा वैज्ञानिकहरु बहिर्गमनमा लाग्ने खतरा पैदा भएको छ।’

प्रकाशित: १७ वैशाख २०८० ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App