१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

तनहुँ १ उपनिर्वाचन: डा वाग्लेको ७२९३ मत सहित अग्रता दोब्बर

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन।  

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले  अग्रता कायमै राखेका हुन ।  हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन। नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गरेका छन।। नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिएका छन।  

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन।  

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गरेका छन । भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गरेका छन।  

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र नएमालेका खनालले दुई सय ७० मत प्राप्त गरेका छन। भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गरेका छन।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ र एमालेका खनालले तीन सय २९ मत प्राप्त गरेका छन। भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय ५९, कांग्रेसका भट्टराईले चार सय ८२ र एमालेका खनालले तीन सय ९४ मत प्राप्त गरेका छन।

आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १५, कांग्रेसका भट्टराईले चार सय एक र एमालेका खनालले एक सय १९ मत प्राप्त गरेका छन।  

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना  जारी छ।

प्रकाशित: ११ वैशाख २०८० ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App