१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छः झलनाथ खनाल

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिएका हुन्।

उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए। नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए। उनले हरेक कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको बताए।

उनले भने, ‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ। मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन। मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ। म अहिले म्याराथनमा जाऔँ भनेपनि तयार भनेको जस्तो छु। मान्छे आत्मविश्वासयुक्त भएर जानुपर्छ। म यो काममा लागिरहेको छु, सफलतापूर्वक गर्न सक्छु भनेर जानुपर्छ। राजनीतिज्ञमा पनि त्यो हुनुपर्छ नत्र नेतृत्व गर्न सक्दैन। नैतिकवान राजनीतिज्ञमात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्छ।’

पूर्वप्रधानमन्त्री खनालले नैतिकवान राजनीतिज्ञ मात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताए।  

प्रकाशित: ८ वैशाख २०८० ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App