१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित छैन्: सांसद पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता एवम् सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको दावी गरेका छन्।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको समेत भाग खोजेकोतर्फ संकेत गर्दै उनले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद् राख्न उचित नहुने तर्क गरेका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेता पन्तले कुनै पनि नियुक्तिका मुद्दाहरु सर्वोच्च अदालतमा जाने भएकाले सोही ठाउँका मानिसहरुलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित हो÷होइन भन्ने प्रश्न समेत उठेको जिकीर गरे।

नेता पन्तले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वमा दृढता हुनुपर्ने आवश्यक्ता समेत औंल्याएका छन्। राजनीतिक नेतृत्व र राजनीतिक दलहरुमा सुधार नआउने हो भने अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई मात्रै गाली गरेर सो समस्या समाधान हुनै नसक्ने उनको भनाइ थियो।

प्रकाशित: ६ वैशाख २०८० १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App