१६ चैत्र २०८० शुक्रबार
राजनीति

संघीय संसदका दुवै सदन बस्दैः प्रधानमन्त्रीले प्रस्तुत गर्दैछन सत्य निरुपण विधेयक

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार (आज) प्रतिनिधिसभाको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक प्रस्ताव गर्ने भएका छन्। संसद सचिवालयका अनुसार उनले सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन्। 

यसैगरी प्रधानमन्त्री दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन विधेयक २०७९ सम्बन्धि प्रस्ताव पनि पेश गर्दैछन्। सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ। यसैगरी राष्ट्रिय सभाको बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेश गर्ने कार्यसूचि छ। प्रतिनिधिसभा राष्ट्रिय सभा  दुबैको बैठक दिउँसो १ बजे बस्नेछ । 

प्रकाशित: १२ चैत्र २०७९ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App