१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभामुख घिमिरले पत्रकार प्रति दिएको अभिव्यक्तीमा पत्रकार महासंघको ध्यानाकर्षण

फाइल तस्विर

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधिसँगको भेटमा दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिको गम्भीर ध्यानार्षण भएको छ।  

‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएर सभामुख घिमिरेले आफ्नो पदीय कद घटाउनु भएको मात्र छैन जसलाई जे भनेपनि हुन्छ भन्ने भाष्य निर्माणमा सघाउ पुर्‍याउनु भएको छ भन्ने महासंघले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ।  

आज जारी विज्ञप्तीमा सञ्चारकर्मी माथि लगाइएको यसप्रकारको आरोपको पुष्टि गर्न नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले सभामुखलाई चुनौती दिएको छ। 

सभामुखको अभिव्यक्तिलाई लिएर महासंघले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन कानुन निर्माण गर्ने सर्वोच्च थलो प्रतिनिधि सभाकै सभामुखबाट सञ्चार जगतप्रतिको यस्तो धारणा आउनुले संसद्‌मा बन्ने कानुन कसरी मिडियामैत्री होलान् भन्ने गम्भीर प्रश्न जन्मिएको बताएको छ। त्यसैगरी यसतर्फ गम्भीर र सचेत बन्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै सभामुख घिमिरेलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन पनि महासंघले आग्रह गरेको छ। 

प्रकाशित: ४ चैत्र २०७९ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App