३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा तालाबन्दी,स्ववियु निर्वाचन स्थगित गर्न माग

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।

नयाँ निर्वाचन अधिकृतको नियुक्ति र प्रकाशित अन्तिम मतदाता नामावली बारे प्रश्न उठाउँदै  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले स्वबियु निर्वाचन स्थगनको माग गर्दै तालाबन्दी गरेको जनाएका छन्।

अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष पब्लिक गुरुङ र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष किशोर आङबुहाङले हस्ताक्षर गरी निर्वाचन समितिलाई पेश गरेको निबेदनमा उल्लेखित दुई कारणले निर्वाचनको निश्पक्षता नहुने दावी गरिएको छ।

दुई विद्यार्थी संगठनले अन्तिम मतदाता नामावली प्रकाशित गर्दा विद्यार्थीको नाम,विद्यार्थीको अभिभावकको नाम र ठेगाना प्रष्ट नभएको आरोप लगाएका छन्। यस्तै विद्यार्थीको परिचय पत्रको क्युआर स्क्यानिङ गर्दा अरु विवरण नदखिने र खाली नाम मात्र देखिने बिषयले मतदाता स्पष्ट नभएको दावी गरेका छन्।  

प्रकाशित: २ चैत्र २०७९ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App