७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ शक्ति पार्टीका केन्द्रीय नेता पूर्वएआईजी भट्टराई भ्रष्टाचार आरोपमा पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्व एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार आरोपमा हिरासतमा लिएको छ।

पूर्व एआईजी भट्टराईले प्रहरी सेवा प्रवेश गरी पदमा बहाल रहेको अवधि २०६९ साउनसम्ममा आर्जन गरेको सम्पत्ती १ करोड ९१ लाख ३६ हजार ८ सय ८१ रुपैयाँ ४५ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले उनलाई नियन्त्रणमा लिई उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अायाेग प्रवक्ता गणेशराज कार्कीले बताए।

भट्टरार्इलाई आयोगले मुद्दा दायर गरी अदालतको जिम्मा लगाएको जनाएको छ।

उनलाई स्रोत नखुलेको सोही रकम बराबर विगो भराई भ्रष्टाचार निवारण ऐनअनुसार दण्ड जरिवाना तथा कदै सजाएको माग गरिएको छ।

भ्रष्टाचार उजुरीका आधारमा बयान लिन सोमबार आयोगको कार्यालय डाकिएका पूर्वएआईजी भट्टराईलाई त्यहींबाट नियन्त्रणमा लिई हिरासतमा राखेर विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता कार्कीले बताए।  

पूर्व एअार्इजी भट्टरार्इ उनी डा. बाबुराम भट्टराई अध्यक्ष रहेका नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय परिषद् सदस्य समेत हुन्।

प्रकाशित: ७ मंसिर २०७३ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App