१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ: मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । 

निर्माण व्यवसायी महासङ्घ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको मंगलबार यहाँ उद्घाटन कार्यक्रममा उनले सङ्घीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राखे।  

मुख्यमन्त्री कार्कीले पूर्वाधार निर्माणमा व्यवसायीले गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिँदै कार्य गर्दा आउने समस्या समाधानका लागि सरकार, निर्माण व्यवसायी र कामदारबीच समन्वय कायम गरी समाधान गर्ने विचार राखे। 

उनले प्रदेश सरकार निजी क्षेत्रसँग हालेमालो गरी समृद्धि कायम गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सङ्घीय सरकारले निर्माण व्यवसायका सम्बन्धमा बनाएको नीति केही त्रुटि भए त्यसलाई सच्च्याउन पहल गर्ने विश्वास दिलाए। महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंह, प्रदेश संयोजक कमल गौतमलगायतले सरकारले छड, सिमेन्ट, ढुङ्गा, गिट्टीको गणस्तर सम्बन्धमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिए। साधारणसभामा प्रदेशका १४ जिल्लाका अध्यक्ष, प्रतिनिधि गरी सात सय जनाको सहभागिता रहेको छ।रासस

प्रकाशित: १० फाल्गुन २०७९ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App