२७ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

अनेरास्ववियुमा सहमति नजुटेपछि मतदान सुरु

अनेरास्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ। प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो। 

बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका रहेपनि मतदान दिउँसोबाट सुरु भएको छ।

अध्यक्षका लागि ५ ले उम्मेदवारी दिएका छन्। जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन्। 

त्यस्तै उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन्। महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। सचिव खुलातर्फ ४८ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।

मतदान भने विद्युतीय मेसिनमार्फत हुँदै छ। अनेरास्ववियुको महाधिवेशन फागुन २ गतेबाट शुरु भएको थियो।  

प्रकाशित: ४ फाल्गुन २०७९ १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App