२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः नेता भुसाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन्।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गरेका हुन्। उनले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताए।

उनले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताए। देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गएसँगै त्यसले देशले प्रगतिको पथ लिन नसक्ने उनले बताए।

नेता भुसालले जुन मुलुकको अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरुले नेतृत्व त्यसमा देशले सफलता नपाउने दाबी गरे। 

प्रकाशित: २७ माघ २०७९ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App