१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो।

राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सरकारबाट बाहिरिने निर्णयसंग रास्वपाका तीन मन्त्रीले आइतबार साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका थिए।

प्रकाशित: २३ माघ २०७९ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App