५ वैशाख २०८१ बुधबार
राजनीति

सांसद गगनको सरकारलाई प्रश्नः बैंक ऋणले थिचिएका किसानले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो?

सांसद गगनकुमार थापाले बर्डल्फूको जोखिम न्यूनिकरणका लागि कुखुरा फर्महरु नष्ट गरिएका किसानहरु रोइरहेको बताएका छन्। उनले सरकारले दिनै पर्ने रकम नदिएर किसानहरुलाई झुलाइरहेको आरोप लगाए।

बुधबार संसदको शून्य समयमा बोल्दै उनले भने, ‘सयौंको संख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन्। उनीहरु त्यहाँ पुग्छन। रुन्छन कराउँछन्। ती तीनै किसानहरु हुन् जसले बैंकबाट ऋण लिएर साना साना कुखुरा फर्महरु चलाएका छन्। बर्ड फुलुको जोखिम न्यूनिकरणका लागि सरकारकै निर्णयबाट यीनीहरुको कुखुरा फर्म नष्ट गरिएको छ।’

सांसद थापाका अनुसार यी किसानले नियम अनुसार पाउनुपर्ने रकम ५८ करोड रुपैया छ।  ‘तर सरकार दिन्न भन्दैन। दिन्छु भन्छ। तर दिदैन सरकार झुलाउँछ। किनकी सरकारलाई भ्याई नभ्याई छ। तर बैंकले यीनलाई अठ्याइरहेका छन’, उनले भने।

सांसद थापाले सरकारलाई प्रश्न गर्दै भने, ‘बैंक ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो? अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउदै सहानुभूति प्रकट गर्दै छानविन गर्न समिति बनाउने हो की? यस्तो निर्णय नहोस भन्नका लागि ऋणले थिचिएका यी साना किसानलाई जोगाउनका लागि सरकारले दिन्छु भनेको दिनै पर्ने निर्णय गरेको केवल मात्र झुलाइरहेको यो प्रपञ्चबाट बाहिर निक्लएर निकालेर आफुले दिनुपर्ने रकम दिनुपर्र्यो।’

प्रकाशित: १८ माघ २०७९ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App