२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मधेस प्रदेशका तीन मन्त्रीले पाए जिम्मेवारी

मधेस प्रदेश सरकारका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार तीन जना मन्त्रीको जिम्मेवारी तोकेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रीपरिषद्मा जिम्मेवारी तोकिएको छ। जसमा सरोज कुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सञ्जयकुमार यादवलाई अर्थ मन्त्रालय, वसन्तकुमार कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

सरोजकुमार यादव नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता हुन्। वसन्त कुशवाहा जनमत पार्टीबाट समानुपातिक तर्फका प्रदेश सभा सदस्य हुन्। संजय यादव जसपाबाट दोस्रो पटक निर्वाचित प्रदेश सभा सदस्य हुन्।

प्रकाशित: १२ माघ २०७९ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App