coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागमती प्रदेशमा एकमात्रै महिला मन्त्री

तस्बिरः सामाजिक विकास मन्त्री कुमारी मोक्तान।

बुधबार बागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। यसअघि १४ वटा रहेको प्रदेशको मन्त्रालय संख्या ११ वटामा झारिएको छ। ११ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्रै महिलाको प्रतिनिधित्व भएको छ।

 पुस २५ गते मुख्यमन्त्रीको नियुक्ति लिएर भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ११ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। सरकारमा सत्ता गठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबाट मन्त्री बनेका छन्। 

सत्ता गठबन्धन दलमध्ये माओवादीले मात्रै महिलाको नाम सिफारिस गरेको हो। बागमती प्रदेश सरकारमा एमाले र माओवादीले ४÷४ तथा राप्रपाले ३ मन्त्रालयको जिम्मेवारी लिएको छ।११ सदस्यीय प्रदेश मन्त्रिपरिषद् बन्दा एकजना महिलाले मात्र मन्त्री बन्ने मौका पाएकी हुन्। माओवादी केन्द्रका नेतृ कुमारी मोक्तान एकजना मात्रै महिला मन्त्री भएकी हुन्। 

राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा समेत मन्त्री रहेकी उनले दोहो¥याएर सामाजिक विकास मन्त्रालयकै जिम्मेवारी पाएकी हुन्। १६ वर्षको उमेरमै माओवादी युद्धमा लागेकी मोक्तान अहिले चौथोपटक संसद्को यात्रामा रहेकी छिन्। यस पटक वाम–लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी उनी अघिल्लो कार्यकालमा पनि यसै निर्वाचन क्षेत्रबाट प्रदेश सांसद् बनेकी थिइन्। उनले यस पटक एमालेका विष्णुप्रसाद ढकाललाई ३२२ मतान्तरले पराजित गरेकी थिइन्। २०६४ सालमा तत्कालीन मकवानपुर क्षेत्र नम्बर ४ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन्। 

२०५२ सालमा जनयुद्ध सुरु भएसँगै पढाई छोडेर उनी जनयुद्धमा होमिएकी थिइन्। २०३६ सालमा जन्मिएकी मोक्तानले २०५० सालमा विद्यार्थीबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। अनेम संघ ९क्रान्तिकारी०मा संगठित हुँदै पार्टीमा सक्रिय रहँदा उनी ०५६ सालमा नेपाली सेनाबाट पक्राउ परेकी थिइन्। उनले करिब २ बर्ष जेल जीवन समेत बिताएकी छिन्। माओवादी केन्द्रमा आएको विभाजनको समयमा मोहन बैद्य किरण नेतृत्वको माओवादीमा लागेकी उनी पछि पुष्पकमल दाहाल नेतृत्वको पार्टीमै फर्केकी थिइन्। 

प्रकाशित: १२ माघ २०७९ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App