coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १: प्रदेशसभा बैठक माघ २३ गते बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक माघ २३ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौँ बैठक माघ २३ गते बस्ने जानकारी दिएको हो।

पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैटौँ बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बताए।

प्रदेश सभाले प्रदेश १ को सभामुख, उपसभामुख निर्वाचित गरिसकेको छ। प्रदेशसभाबाट मुख्य मन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पनि लिइसकेका छन्। विश्वासको मत पाएपछि कार्कीले प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन समेत गरिसकेका छन्।

प्रकाशित: १२ माघ २०७९ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App