coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुण र दोषका आधारमा कांग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः प्रवक्ता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले गुण र दोषका आधारमा संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस सरकारमा जानका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन नगरिएको प्रष्ट्याए।

‘सरकारलाई समर्थन गरेपनि हामीहरु सरकारमा जाने होइन,’ उनले भने ‘त्यो परिवेशमा तत्कालका लागि हामीले सरकारलाई सर्मथन दिएका हौं।’ संसदको मर्यादाभित्र रहेर कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने डा. महतले बताए। ‘हाम्रो पार्टीलाई पनि यसै बीचमा मजबुद गरेर जान्छौं, यसलाई एकतावद्ध बनाएर लैजाने, समग्र पार्टीको संरचनालाई पूर्णता दिने, त्यो काममा पनि हामी अहिले गृहकार्यमा लागेका छौं।’

सभामुख, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर कांग्रेसले सरकारको समर्थन गरेको बताउँदै प्रतिनिधी सभाका सांसद समेत रहेका डा. महतले भने, राष्टपति संस्था महत्वपूर्ण संस्था हो, संविधान रक्षाको जिम्मेवारी राष्टपतिमाथी छ, त्यो परिवेशमा पनि जुन एउटा समझदारी विकसित गर्ने भनेर भन्नु भएको छ, त्यसको पनि एउटा परिक्षण हुन्छ।’

सञ्चारकर्मीको प्रश्नमा उनले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट पारे। पार्टीले उपयुक्त समयमा नै यसबारेमा आवश्यक निर्णय गर्ने उनको भनाइ छ।  

प्रकाशित: १२ माघ २०७९ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App