coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेस प्रदेशका तीन विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

मधेस प्रदेशका तीन विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकबाट विना विभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको हो।

मुख्यमन्त्री सरोज कुमार यादवसँगै शपथ ग्रहण गरेको ११ दिनपछि मन्त्रीहरुले जिम्मेवारी पाएका हुन्।

नेकपा एमालेका संसदीयदलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो।

मधेस प्रदेशमा १० वटा मन्त्रालय रहेका छन्। मुख्यमन्त्री यादवले दुई दिन भित्रै मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारीमा रहेको बताए।

सत्तारुढ दलका सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ।

प्रकाशित: १० माघ २०७९ १६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App