४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको छ, आवश्यक रणनीति बनाउनूस्ः प्रधानमत्री

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिएका छन्।  

सोमवार २२ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।उनले  वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नका लागि आवश्यक रणनिति बनाई सोहीअनुसार परिचालित हुन शसस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। उनले सरकारको सुशासन र समृद्धिको दीर्घकालिन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गरे। उनले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शुन्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले जनताको मन मष्तिस्क जित्नेगरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिए । दाहालले शसस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको अभाव रहेको भन्दै त्यसको लागि सरकारको तर्फबाट यथासम्भव पहल गर्ने पनि जानकारी दिए।  

प्रधानमन्त्री दाहालले सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिएका छन्।  

प्रकाशित: १० माघ २०७९ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App