वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।
हृदयाघात भएपछि थापालाई उपचारका लागि नर्भिक अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको थापा निकट रहेका कलाकार वील्सन विक्रम राईले जानकारी दिएका छन्। छोराहरू भारतमा रहेकाले उनीहरू आउने तरखर गर्दै गरेको र नजिकका आफन्तहरू लुभुमा रहेकाले उनीहरू आउने प्रतीक्षा भइरहेको अभिनेता राईले बताए।
यस्तै कलाकार केदार घिमिरेले पनि आफ्नो फेसबुक वालमा थापाको निधनमा दु:ख व्यक्त गर्दै जानकारी दिएका छन्।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
प्रकाशित: २४ माघ २०८२ ०९:१५ शनिबार





