१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ: उपप्रधानमन्त्री लिङ्देन

फाइल तस्बिर।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले ४५ लाखको लागतमा बनेको दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको आज उद्घाटन गरेका हुन्।

सो अवसरमा उनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताए। 'सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ', उनले भने, 'हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु।' उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको जिकिर गरे।

मन्त्री लिङ्देनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए।

प्रकाशित: ९ माघ २०७९ १६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App