९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

स्वेच्छाले विश्राम लिएको हुँ, कांग्रेसलाई जिताउनुस्: दिलेन्द्र बडू

नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले आफूले स्वेच्छाले आसन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेको बताउँदै रुखमा मतदान गरेर कांग्रेस जिताउन अपिल गरेका छन्। शनिबार एक वक्तव्य जारी गर्दै बडूले यस्तो अपिल गरेका हुन्। 

‘दार्चुला जिल्लामा म स्वयं स्वेच्छाले नै आफू अब सक्रिय चुनावी राजनीतिबाट विश्राम लिन चाहेको र नयाँ युवा पिँढीमा पुस्तान्तरणको प्रारम्भ गर्ने तथा पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने गरी आफ्नो सम्पूर्ण शक्ति लगाएर सहर्ष सहयोग र सहकार्य गर्ने भन्ने आफ्नो सार्वजनिक पूर्व स्वघोषणा अनुरूप नै क्रियाशील छु,’ बडूले भने । 

कांग्रेसले दार्चुलामा युवाहरूको भावना र चाहना अनुरूप नै विशिष्ट शैक्षिक योग्यता, विज्ञता र संयुक्त राष्ट्र संघ जस्तो अन्तर्राष्ट्रिय स्तरमा काम गरेका युवा धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको उनले उल्लेख गरेका छन्। 

उनले उम्मेदवार जोशीमा संघीय संसदमा आवश्यक विधायिकी कार्यक्षमता रहेको दाबी गर्दै प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।  

बडू २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए। अहिले पनि उनलाई जिल्लाबाट उम्मेदवारका रूपमा एकल सिफारिस गरिएको थियो। तर, विशेष महाधिवेशनपछि विकसित घटनाक्रमका क्रममा उनले निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

May be a graphic of map and text

प्रकाशित: १७ माघ २०८२ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App