coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालमा कुनै सैनिक गतिविधि र अड्डाहरु राख्न दिँदैनौं: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताएका छन्।  

उनले देशको कूटनीतिक सम्बन्धलाई अघिल्लो सरकारले भताभुंग बनेको आरोप लगाउँदै। नयाँ बनेको सरकारले कूटनीतिलाई ठीक ठाउँमा ल्याउनुपर्ने उनले बताए।

एमालेको परराष्ट्र विभागले आज शुक्रबार राजधानीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले छिमेकसँग बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्न नहुने बताएका छन्।  

नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने उनको जोड छ। उनले भने, ‘हामीले छिमेकसँग कार्ड खेल्ने होइन, बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्ने होइन। सबैसँग सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्छ।’

ओलीले नेपालको भूमि कसैका विरुद्ध प्रयोग गर्न र देशको सार्वभौमसत्ता र स्वाधिनतामा सम्झौता गर्न नदिने बताएका छन्।

‘हामी हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं। कसैको पनि मिलिट्री बेस वा सैनिक गतिविधि र अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं। कुनै पनि हिसाबले हाम्रो सार्वभौमसत्ता र स्वाधिनतामा सम्झौता गर्दैनौं। पारस्परिक लाभ र सम्मानको आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्नेछौं। हाम्रो परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने आधार यिनै हुन्।’, उनले भने।

उनले विगतको सरकारले छिमेक सम्बन्ध असन्तुलित र  विवादास्पद गतिविधि गरेको बताए। सरकारले बाह्य शक्तिसँग साँठगाँठ एवं दलाली गरेर राष्ट्रिय हित कमजोर बनाउने, देशभित्र तनाव बढाउने काम गरेको उनको आरोप छ।

प्रकाशित: ६ माघ २०७९ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App