१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

कर्णालीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशसभा सचिवालयमा मंगलबार साँझ पाँच बजे विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका थिए।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो एक बजे बस्ने बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। ‘माघ ६ गते बस्ने प्रदेशसभा बैठकका लागि सोही दिन विहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सुची तय गर्ने निर्णय भएको छ,’ प्रदेशसभा सचिव जीवराज बुढाथोकीले भने।

मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार कर्णाली सरकार सात सदस्यीय हुनेछ। पुस २८ गते मुख्यमन्त्री शर्मासँगै माओवादी र एमालेका एक–एक जनालाई मन्त्री बनाइएको थियो। दुई पार्टीबीच कुन मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले सपथ खाएका दुबै जना मन्त्री विना विभागीय छन्।  

प्रकाशित: ४ माघ २०७९ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App