लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराएका हुन्।
शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताए। उनले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताए।
प्रकाशित: ४ माघ २०७९ ०९:४७ बुधबार





