१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच  भेटबार्ता भएको छ। भेटबार्ता केपी शर्मा ओली निवास बालकोटमा भएको हो ।  

प्रधानमन्त्री  दाहाल सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्। संसदबाट पुस २६ गते  विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन।  

प्रधानमन्त्री दाहालले  मंगलबार आफूलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएको अघिल्लो दिन एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट र छलफलमा जुटेको हुन सक्ने अनुमान गरिएको छ।  

प्रधानमन्त्री दाहालले विश्वासको मत पाइसकेपछि पनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन। यसअघि आइतबार एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार गएका थिए।  

प्रकाशित: २ माघ २०७९ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App