१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने बालुवाटार पुगेको उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई जानकारी दिएका छन्। उनका अनुसार दुई जनाबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको छ। 

शनिबार बिहान प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो भने दिउँसो सम्पादकहरुसँगको कुराकानीमा प्रचण्डले आगामी सोमबारसम्म मन्त्रीपरिषद् विस्तार हुने जानकारी पनि दिएका थिए।

प्रकाशित: ३० पुस २०७९ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App