१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश १: उपसभामुख दनुवारले लिइन् शपथ

प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

शनिबार प्रदेश १ को प्रदेश प्रमुखको कार्यालयमा उपसभामुख दनुवारले प्रदेश १ का सभामुख बाबुराम गौतमबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्।

शनिबारकै प्रदेशसभा बैठकबाट बहुमतका आधारमा उपसभामुख पदमा दनुवार निर्वाचित भएकी थिइन्। प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको थियो। मतदानमा ९० जना सांसदहरुको सहभागिता थियो।

दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जा मगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए। उपसभामुख पदमा नेपाली कांग्रेसकी सांसद लिला कुमारी राईको पक्षमा ३३ मत परेको थियो।  प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन्। 

सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ। उपसभामुखमा निर्वाचित दनुवार उदयपुरबाट समानुपातिक कोटाबाट निर्वाचित सांसद हुन्।

प्रकाशित: ३० पुस २०७९ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App