८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरपश्चिम प्रदेशः सभामुखको निर्वाचन अनिश्चित

 सुदूरपश्चिम प्रदेश सभाको सभामुखको निर्वाचन अनिश्चित बनेको छ।  

बिहिवारको निर्वाचनमा कसैको बहुमत नपुगेपछि सभामुख चयनका लागी मतदान गर्ने बिषयमा राजनीतिक दलहरु बिच सहमती नजुट्दा  निर्वाचन अनिश्चित बनेको हो।

बिहिवारको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि अर्को निर्वाचन शुक्रवार बिहान ११ बजे गर्ने कार्यतालिका थियो। राजनीतिक दलहरु बिच सभामुखको निर्वाचन गर्ने बिषयमा सहमती नजुटेपछि  प्रदेश सभा सचिवालयले सुचना टाँस गरेर अनिश्चित समयका लागी निर्वाचन स्थगित गरेको छ।  

नेपाली काँग्रेसलगायतका प्रतिपक्ष राजनीतिक दलहरुले सभामुखको निर्वाचन भएर बहुमत नपुगेपछि पुनः निर्वाचन गर्ने बिषयमा कानुनी रुपमा स्पष्ट नभएको भन्दै निर्वाचन स्थगित हुनुपर्ने धारणा राखेकाले सभामुखको निर्वाचन स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।  

सभामुख निर्वाचनका लागी प्रदेश सभा बैठक बोलाउने प्रयास गरेपनि अध्यक्षता ग्रहण गर्ने नेपाली काँग्रेसका जेष्ठ नागरिक शिवराज भट्ट उपस्थित नभएकाले सभामुख निर्वाचनको समय अनिश्चित बनेको प्रदेश सभा सचिवालय श्रोतले बताएको छ।  

कानुनी जटिलताका कारण सभामुखको निर्वाचन प्रक्रिया कसरी अगाडी बढाउने भनेर कानुनी परामर्श गर्ने भनेर सभामुखले भनेको नेपाली काँग्रेसका प्रदेश शभा सदस्य तथा नेपाली काँग्रेस प्रदेश समितीका महामन्त्री मेघराज खड्काले बताए।

संसद कानुनमा पुरै बाँधीएको नभई कतिपय कुरा अभ्यास र व्यवहारबाट चल्ने हुनाले सभामुखको निर्वाचन गर्न कानुनी जटिलता नभएको भन्दै सत्तापक्ष दलहरु निर्वाचन हुनुपर्ने पक्षमा छन।  

सत्ता गठबन्धन दलको २९ प्रदेश सभा सदस्य हुदाँ पनि बिहिवार साँझ भएको निर्वाचनमा बहुमत पुग्न सकेन्। सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागी बिहिवार साँझ भएको मतदानमा सत्ता गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका नेकपा माओवादी केन्द्रका भिम भण्डारीले २६ मत मात्र प्राप्त गरेका थिए भने नेपाली काँग्रेसका मान बहादुर रावलले २३ मत प्राप्त गरेका थिए। ५३ सदस्यिय प्रदेश सभामा बहुमत पुग्न २७ मत आवश्यक पर्ने भएकाले सभामुख चयन हुन नसकेको हो।

सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका प्रदेश सभा सदस्य चक्र मल्ल निर्धारित समयमा प्रदेश सभा बैठक भित्र प्रवेश गर्न नसकेकाले मतदान गर्न पाएनन् भने नागरिक उन्मुक्तीका लक्ष्मण किशोर चौधरी अनुपस्थित थिए । सत्ता गठबन्धन दलका एक सासंदको मत बदर भएको थियो ।

नेपाली काँग्रेसका १८ र नेकपा एसका ४ र स्वतन्त्र सासंद तारा जोशीले सभामुखमा रावललाई मतदान गरेका थिए। नेपाली काँग्रेसका १९ जना प्रदेश सभा सदस्य रहेपनि सभाको अध्यक्षता गरेका जेष्ठ नागरिक भट्टले मतदान गरेनन्।

प्रकाशित: २९ पुस २०७९ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App