२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मैले तेस्रो कार्यकाललाई ठूलो अग्नि परीक्षाको रुपमा लिएको छु: प्रधानमन्त्री दाहाल

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री पुष्पकमल दाहालले आफनो तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रुपमा लिएको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रुपमा लिएको भन्दै जनताको अग्नि परीक्षामा राजनीतिक दलहरु पास भएर देखाउनुपर्ने बताएका हुन्। उनले यो पटक राम्रो काम गर्ने,नराम्रा काम गर्दै नगर्ने, गर्न पनि नदिने पनि बताएका छन्।  

‘यो पटक राम्रो काम गर्ने, काम गरेर देखाउने, सकेसम्म भाषण कम गर्ने कोशिष गर्ने, काम धेरै गर्ने, राम्रा काम मात्रै गर्ने, नराम्रा काम गर्दै नगर्ने, गर्न पनि नदिने’, उनले भने, ‘त्यो अठोटका साथ म तेस्रो पटक ४४ औं प्रधानमन्त्रीको रुमपा आएको छु। मैले यसलाई ठूलो अग्निपरीक्षा सोचेको छु। जनतमा निराशा र असन्तुष्टि धेरै छ।’

उनले वागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवद्र्धन गर्ने कामको थालनी गरिसकेको भन्दै सरकारले आगामी दिनमा सात वटै प्रदेशमा हस्तकला क्षेत्रको प्रवद्र्धन गर्ने बताएका छन्।  

‘हस्तकला ग्राम स्थापनाका लागि वागमती प्रदेशलाई धन्यवाद दिन्छ’ु, उनले भने, ‘यो कार्यक्रम सातै प्रदेशमा बिस्तार गर्नका लागि सबै तयारी म गर्नेछु, हस्तकलाको क्षेत्र विकासको अग्र्यानिक क्षेत्र हो।’

उनले हस्तकला क्षेत्र राम्रोसँग प्रवद्र्धन गर्न सके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउनसक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

दाहालले भने, ‘यो क्षेत्रलाई राम्रोसँग प्रवद्र्धन सकियो भने देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउन सक्छौँ। विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्छ। हाम्रो लागि सम्भावना धेरै भएको क्षेत्र हस्तकलाको क्षेत्र हुनसक्छ।’

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई राम्रो विश्वासमा नलिकन सरकारले अर्थतन्त्रमा देखापरेका समस्याको समाधान गर्न सम्भव नरहेको पनि बताए। उनले राजनीतिक परिवर्तन भइसकेको र अब आर्थिक क्रान्ति, आर्थिक समृद्धिमा रुपान्तरण गर्नुपर्नेमा आफू प्रयत्नशील रहने बताए।

प्रकाशित: २९ पुस २०७९ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App