८ वैशाख २०८१ शनिबार
राजनीति

देश झनै संकटमा जानसक्ने स्थिति देखियोः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका छन्।

उनले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका हुन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा रहने बताए। उनले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताए।

अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरुबाट सरकारमा नगइ, देशको प्राकृतिक श्रोत,साधनको दोहन नगरी चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुनसक्ने बताए।  

प्रकाशित: २६ पुस २०७९ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App