१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयोः सांसद शर्मा

नेकपा माओवादीकी सांसद रेखा शर्माले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभएको बताएकी छिन्।

मंगवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री देउवाले निषेधको राजनीति अन्त्य गरेको दाबी गरेका हुन्। उनले राजनीतिक दलहरु फेरि पनि सहकार्यको आवश्यकता रहेको बताइन्।

उनले देशलाई अफ्ठ्यारो परेको बेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको सुरुवात हुन लागेको भन्दै खुशी व्यक्त गरिन् उनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई समृद्धिमा अगाडि बढाउनेमा विश्वास व्यक्त गरिन्।

शर्माले देश र राष्ट्रलाई कसरी अगाडि लैजाने भन्ने विषयमा बुँदागत रुपमा राख्नुभएकाले सबैले समर्थन गर्ने आग्रह गरिन्।

उनले कुनै पार्टी बहुमत प्राप्त गर्न नसकेका भन्दै अहिलेको जनादेश अनुसार सरकार बनेको जिकिर गरिन्।

प्रकाशित: २६ पुस २०७९ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App