२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा भन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए। प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने सहमति भएको छ। लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ।

सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मङ्गलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए।

 बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा माओवादी (केन्द्र)का १०, राप्रपाका चार, जसपा र जनमतका तीन/तीन सदस्य छन्। कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ। नागरिक उन्मुक्तिका चार र स्वतन्त्रबाट दुई सदस्य निर्वाचित छन्। कांग्रेसका २७, लोसपाका तीन र नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाका एक(एक सदस्य छन्।

प्रकाशित: २६ पुस २०७९ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App