कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्ने कार्यक्रम रहेको छ ।आजको बैठकबाट नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने निर्णय लिने बताईएको छ।
हिजो बसेको संसदको पहिलो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको सम्बोधन अनुसार नेपाली काग्रेसले विश्वासको मत दिने संकेत गरेको माओवादी नेताहरुको धारणा रहेको छ ।
यद्यपी दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन हुने वा दिन नहुनेबारे सुझाव यस अघि काग्रेसले विभिन्न माध्यमबाट नेता तथा कार्यकर्ताबाट मागेको बुझिएको छ।
प्रकाशित: २६ पुस २०७९ ०२:४० मंगलबार





