३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

बागमतीको मुख्यमन्त्रीमा माओवादीका जम्कट्टेल नियुक्त

सत्तारुढ दलको बिचमा आन्तरिक भागबन्डा मिलेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन्।

माओवादी संसदीय दलका नेता जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनी नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय सीमा सकिन दुई घण्टा बाँकी रहँदै ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

जम्कट्टेललाई माओवादी केन्द्रसहित नेकपा एमाले, राप्रपा, नेकपा एस र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ। उनलाई माओवादीका २१, एमालेका २७, राप्रपाका १३, नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ दिएका छन्।

११० सदस्यीय प्रदेश सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ। सत्तारुढ दलको बिचमा आइतबार प्रदेश भागबन्डाको बिषयमा टुंगो लागेको थियो।

प्रकाशित: २५ पुस २०७९ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App