१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीको दाबी: भन्सार मूल्यांकन प्रणाली परिवर्तनले सकारात्मक प्रभाव आयो

अर्थमन्त्री रामेश्वर खनालले भन्सार मूल्यांकन प्रणालीमा ल्याएको परिवर्तनले सकारात्मक परिवर्तन देखाएको दाबी गरेका छन्। बुधवार फेसबुकमार्फत अर्थमन्त्री खनालले यस्तो दाबी गरेका हुन्। 

‘भन्सार मुल्यांकनमा प्रयोग गर्ने गरेको सन्दर्भ पुस्तिका खारेज गरी  कारोबारमा आधारित मूल्यांकन प्रणाली सुरु गरेपछि आएको परिवर्तनको द्रुत प्रभाव मूल्यांकन गर्दा भन्सार परिपालनामा सकारात्मक परिवर्तन आएको पाइएको छ,’ अर्थमन्त्री खनालले लेखेका छन्,‘निजी क्षेत्रले यो सुधारलाई संस्थागत गर्न पुर्‍याएको सहयोगका लागि धन्यवाद!’ 

भन्सार विभाग र राजस्व अनुसन्धान विभागले अब संयुक्त टोली परिचालन गरी चोरी पैठारी गरेका सामान खरिद गर्ने वा सङ्ग्रह गर्ने व्यवसायीको कारोबार छानबिन सघन बनाउने उनले उल्लेख गरेका छन्।

‘त्यसैले भन्सारबाट छुटेको र आधिकारिक बिल जारी गरेका सामान मात्र खरिद गर्न र पारदर्शी व्यापार गर्न सबैलाई अनुरोध छ,’ अर्थ मन्त्री खनालले लेखेका छन्। 

प्रकाशित: १४ माघ २०८२ १७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App