१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

५ बजेसम्म प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नु पर्ने

आज साँझ ५ बजे सम्म प्रदेश १ को मुख्यमन्त्रीमा दावी पेश गर्न समय दिईएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुराएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

प्रदेश १ मा ९३ सदस्यीय प्रदेशसभा रहेको छ।  एमालेको ४०,  नेपाली काँग्रसको २९ , माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादी पार्टीको  ४ र जनता समाजवादी पार्टीको १ सिट रहेको छ।  बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

प्रकाशित: २४ पुस २०७९ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App