१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सिके राउत र सागर ढकाल बिच भेटघाट

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध प्रतिनिधि सभाको चुनावमा प्रतिस्पर्धा गरेका सागर ढकालले आज जनमत पार्टीका अध्यक्ष सिके राउत र स्वामी आनन्द अरुणसँग समय बिताएका छन्।

ढकालले आज टवीटर ह्यान्डलमा टवीट् गर्दै  लेखेका छन् 'आज दिनभरि डा. सिके राउतसँग भलाकुसारी गर्‍यौँ स्वामी आनन्द अरुणको सानिन्ध्यमा। हाम्रो आत्मा, सपना र सोच धेरै मिल्छ। दुवै एकै ठाउँबाट इन्जिनियर भयौँ, बेलायतमा करिब एउटै  ठाउँमा पढ्ने मौका पायौँ र आध्यात्मिक शक्ति हुन्छ भन्नेमा विश्वास गर्छौ। धेरै आशा छ। अबको लक्ष देश बनाउने। उनको यो सन्देश अर्थपूर्ण रहेको छ।'

प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गरेको जनमत पार्टीले अव सरकारमा गएर देश निर्माणमा लाग्ने विश्वास सागर ढकालले व्यक्त गरेका छन्।

२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएर चुनौती दिएका थिए। यद्यपि उनी विजयी हुन सकेनन्। शेरबहादुर देउवाले २५ हजार ५ सय ३४ मत ल्याउँदा सागरले १३ हजार ४२ मत पाएका थिए।

पाँच वर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा प्रश्न सोध्ने क्रममा देउवासँग नोकझोक भएपछि ढकाल चर्चामा आएका हुन।

प्रकाशित: २३ पुस २०७९ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App