२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौ: जसपा नेता प्रदीप यादव

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेमा संका नगर्न  जनता समाजवादी पार्टीका नेता  प्रदीप यादवले  बताएका छन।  

संसद भवन नयाँ बानेश्वरमा  बसेको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा नेता यादवले प्रधानमन्त्री दाहाललाई जनता समाजवादी पार्टीले विश्वासको मत दिनेमा संका नगर्न आग्रह गरेका छन।  

दाहाल प्रधानमन्त्री नियुक्त हुने बेलामा हामीले राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेकाले अव विश्वासको मत दिर्दैन भन्ने भ्रममा नलाग्न पनि उनले आग्रह गरे।  जनता समाजवादी पार्टीको १२ सीट रहेको छ। यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले , राप्रपा, जसपा, रास्वपा , जनमुक्ती पार्टी , नागरिक उन्मक्ती पार्टी र ३ स्वतन्त्र सहित १६९ सांसदको समर्थन पाएर प्रधानमन्त्रीमा नियुक्त भएका हुन।  

संसदको पहिलो बैठक पुस २५ हुँदैछ। प्रधानमन्त्री दाहालले पुस २६ गते बिश्वासको मत प्राप्त गर्नका लागि यस अघि नै संघिय संसद सचिवालयमा पत्र दर्ता गरि सकेका छन। संविधान अनुसार धारा ७२ को २ बमोजिम प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिई सक्नु पर्नेछ। 

प्रकाशित: २२ पुस २०७९ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App