प्रतिनिधिसभाका सभामुख र उपसभा मुखको निर्वाचन माघ ९ गते सम्म हुने भएको छ।
प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाउनु अघि आज सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले माघ ६ गते देखि सभामुख र उपसभामुखको निर्वाचनको प्रारम्भ गरी माघ ९ गते सम्म सक्ने प्रस्ताव गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बैठकबाट बाहिर निस्केपछि पत्रकाहरुसंग कुराकानी गर्दै नेता लेखकले नेपाली काग्रेस अहिलेको समीकरण भत्काउन र नयाँ समीकरण बनाउने खेलमा नलागेको जवाफ दिएका छन। नेपाली काग्रेस अहिले आन्तरिक तयारीमा लागेको पनि उनले जानकारी दिए। भोलि र २६ गते संसदीय दलको बैठक वसी यो सकारको प्रस्तावको बारेमा समर्थन गर्ने वा नगर्ने निर्णय २६ गते नै सार्वजनिक गर्ने पनि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
पुस १० गते सात दलको समर्थन सहित प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मतप्राप्त गर्नका लागि यस अघि नै संघिय संसद सचिवालयमा पत्र दर्ता गराई सकेका छन। संसदको पहिलो बैठक पुस २५ हुदैछ।
प्रकाशित: २२ पुस २०७९ ०९:५२ शुक्रबार





