१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोप्यनियताको सपथ

मधेस  प्रदेशका प्रदेशसभा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले  प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

प्रदेशसभामा ६४ प्रत्यक्ष र ४३ समानुपातिक सांसद गरी १०७ जना सदस्य रहेको छ। १०७ सदस्य मध्ये १०४ जनासदस्यले शुक्रबार सपथ ग्रहण गरेका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपाने हिजै प्रदेश प्रमुखबाट सपथ ग्रहण गरिसकेका छन् भने दुईजना सदस्य सपथ ग्रहण लिनबाट सर्बोच्च अदालतले रोक लगाइएको छ।

महोत्तरीका रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको संसद् सचिवालयले जनाएको छ। उनी दुबैजना माओवादी केन्द्रबाट समानुपातिक सांसद हुन्।

प्रकाशित: १५ पुस २०७९ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App