११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज अपराह्न ४ बजे प्रधानमन्त्री दाहालले शपथ ग्रहण गर्ने

तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

दाहालले   अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्नेछन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई  पद तथा गोपनीयताको शपथ खुवाउनेछिन्।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी , जनमुक्ती पार्टी, नागरिक उन्मुक्ती पार्टी ३ जना स्वतन्त्र सांसद सहितको समर्थनबाट तेश्रो पटक प्रधान मन्त्री हुन लागेका दाहालले आजै  सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गर्ने सम्भावना रहेको छ।  

प्रकाशित: ११ पुस २०७९ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App