७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसदहरुको सपथ भएपछि मात्रै सरकारबारे छलफल हुने दाहालको ब्रिफिङ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सांसदहरूले सपथ नलिएसम्म सरकार निर्माणबारे छलफल नहुने बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा  पार्टी पदाधिकारीको बैठक र सांसदहरूसँगको छलफलमा दाहालले निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका हुन्।  

पार्टीको पदाधिकारी बैठक पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता कृष्ण बहादुर महराले बैठकमा प्रतिनिधिसभाका सबै सदस्यहरुको सपथग्रहण पछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल गरिने छलफल भएकाे जानकारी दिएका हुन्। 

संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भएपनि सपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको उनले जानकारी दिए।  

प्रकाशित: ३ पुस २०७९ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App